नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

Logo
सुशान्त खबर प्रकाशित मंगलबार, आश्विन १६, २०८०

विराटनगर : स्थानीय प्रशासनले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी नेपालगञ्ज उपमहानगरपालिकाभर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्फ्यू जारी गरेको बताइएको छ।

पछिल्लो समय नेपालगञ्जमा धार्मिक सद्भाव खल्बलिएकाले स्थिति शान्त नहुञ्जेलका लागि कर्फ्यू आदेश जारी गरिएको आचार्यले बताए।

पछिल्लो समय हिन्दुसमुदाय र मुस्लिमसमुदाय बिच कुनैन कुनै बहानामा धार्मिक सद्भाव बिथोल्ने कार्य हुँदै आएको हुनाले स्थानिय प्रशासनले कर्फ्यू जारी गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश