मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा

Logo
सुशान्त खबर प्रकाशित आइतबार, कार्तिक १९, २०८०

विराटनगर :- मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन्। जथाभावी नबोल्न पटक-पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका प्रसाईंलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा उपस्थित हुन भनेका हुन्।

उनीविरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको छ।

प्रसाईंले  एमाले छाडेर राजसंस्था पुनःस्थापनको अभियानमा पनि प्रसाईंले थालेका छन्। उनका गतिविधिलाई नियन्त्रण गर्ने विषयमा शीर्ष राजनीतिक तहमा कुराकानी हुँदै आएको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दसैंलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आग्रह गरेका थिए।

प्रसाईंले एमाले छाडेपछि अध्यक्ष ओली, नेता महेश बस्नेतविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन्। युवासंघले कालोमोसे दलेपछि उनी ओली र एमालेविरुद्ध थप आक्रामक देखिएका छन्। प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएका थिए।

पछिल्लो समय दुर्गा प्रसाईं र नेकपा एमाले बिच दोहिरो चर्का चर्किनै चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश