

विराटनगर:- विराटनगरमा राजमार्ग लक्षित बृहत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हो।रातिको समयमा गुड्ने सवारी साधनको पछाडी पट्टी रिफ्लेक्टिक स्टिकर टाँस गरिएको छ। करिब एक सय सवारी साधनमा स्टिकर टाँस गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेमुवाको संयुक्त आयोजनामा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेमुवाका प्रमुख तुलामणी आचार्यले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुमन न्येउपानेको बिशेष उपस्थितीमा कार्यक्रम गरिएको हो। बिशेषगरि तराईमा जारोकोमौसममा हुस्सो लाग्ने गल्ने गरेको हुन्छ । हुस्सोको बेला टाढा देखा नपर्ने भएकाले सवारी साधनको पछडी पट्टि लाइटमा टल्किने स्टिकर लगाएर दुर्घटना नियुनिकरण गर्नकानिमित्त मोरङमा यस्तो खाले सचेतना गरेको प्रमुख न्येउपानेले जानकारी गराएका छन् । त्यसै गरि सडक प्रयोगकर्ताले सडक सुरक्षा र सडक अनुशासन पालना गर्न जोड दिइएको छ।