

विराटनगर:-विराटनगरमा प्रमुखकार्यलय रहेको एक लघुवित्तमा कर्मचारीयुनियनमा आवद्धकर्मचारिहरुले आजबाट आन्दोलन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृतलाइ नेरुडे लघुवित्त वित्तीय संस्थाका कर्मचारीले ध्यान अकर्सन गराउदा पनि कुनै वास्था नगरेको युनियनका कर्मचारिहरुको आरोप छ ।
कार्यलय र कर्मचारी बिच भएको सम्झौता कार्यान्वयन नभए सम्म आन्दोलन जारी रहने एक कर्मचारिले बताएको छ ।
कर्मचारी यूनियनका प्रतिनिधि र नेरुडे लघुवित्त वित्तीय संस्था लि.का संचालक तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरु बीच कर्मचारी संगठनका तर्फबाट व्यवस्थापन पक्ष समक्ष राखिएका मांगहरु गत वर्ष मिति २०७९/१२/२९ र २०८०/०१/०९ गते दुवै पक्ष बिच छलफल गरी सम्झौता भएको थियो ।
व्यवस्थापनपक्षले केहीमांग तत्कालै लागु गरे पनि केहीमांगहरु २०८० असोज मसान्त सम्ममा युनियन प्रतिनिधिहरुको सहकार्यमा कार्यान्वयन गरिने व्यहोरा सहीतको सम्झौता भएको थियो ।
समय सीमा सम्ममा यस कर्मचारी युनियनले बारम्बार मौखिक तथा लिखित पत्राचार गरि मांग सम्बोधन गर्न ताकेता गरे पनि सोको बेवास्ता गर्दा यस कर्मचारी यूनियनले आन्दोलनको बाटो रोज्नु परेको बताए ।
“यस बैंक तथा वित्तिय क्षेत्र कर्मचारी संगठन नेरुडे” द्वारा मिति २०८०/०८/२९ को च.न.०५/०८०/८१ को पत्रबाट कर्मचारीहरुको हकहित सम्बन्धी माँगहरु सम्बोधन गराउँनको लागी आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएकोले नेरुडे लघुवित्त वित्तीय संस्था लि. प्रशासन विभागको मिति २०८०/०९/०१को च.न.४६/०८०/०८१ को पत्रानुसार “यस बैंक तथा वित्तिय क्षेत्र कर्मचारी संगठन नेरुडे” युनियन को प्रतिनिधिहरु सँग मिति २०८०/०१/०९ गते व्यवस्थापन पक्ष बिच सहमति भएका केही बुदाँहरु बिषयमा संयुक्त मर्जर समिति र संचालक समितिबाट एकिकृत कारोबार पछि कर्मचारीको ४ ग्रेड तथा तलव भत्ता अन्य सेवा सुविधाहरु पाउने कुराको निश्चिता सहितको प्रतिवद्धता यही मिती २०८०/११/२० गते सम्म युनियनलाई दिने कुराको सहमती मिती २०८०/११/०७ गते भएको कुरा सर्ववितीदैछ तर उक्त मिति सम्ममा प्रतिवद्धता नदिएर व्यवस्थापन पक्षबाट फाल्गुन २७ गते सम्मको समय फेरी माँग भएकोले यस बाट व्यवस्थापन पक्षले हामी सबै जना कर्मचारीहरुलाई अलभ्झाउने काम मात्र गरीरहेको साथै फाल्गुन २४ गते सम्म मिरमिरे र नेरुडे सँगको एकिकृत कारोबार गर्ने उदेश्यले सम्पुर्ण कारोबार सक्ने सुचना जानकारी भएकोले पनि उक्त ४ ग्रेड पाउने हामी सबै आम कर्मचारीहरुको सरोकारको बिषय भएकोले पनि व्यवस्थापन पक्षलाई दबाब सृजना गराउनको लागि मिति २०८० फाल्गुन २३ देखि नेरुडेको सम्पुर्ण कार्यालयहरुको कारोबार ठप्प पारी हाम्रो माँग पुरा नहुनजेलका लागी कार्यालय प्रमुख देखि कार्यालय सहयोगी सम्मले एकिबद्धता जनाई यस कर्मचारी संगठनसँग काँधमा काँध मिलाएर जान सबै कर्मचारी वर्गमा राम प्रसाद ढुङ्गानाले कर्मचारियुनियनको तर्फबाट अपिल गरेका छन् ।