नेरुडे लघुवित्त वित्तीय सस्था लि. का संचालकलाई बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे ध्यानआकर्षण

Logo
सुशान्त खबर प्रकाशित शनिबार, बैशाख ०१, २०८१

विराटनगर ।
साविकको नेरुडे लघुवित सस्था लिमिटेडका कर्मचारीले गरेको प्रतिवद्धता बमोजिम ब्यावस्थापनले आफनो माग सम्बोधन नगरेको पाइएको छ । कर्मचारी युनियनका प्रतिनिधिहरु तात्कालिन नेरुडे लघुवित्त वित्तीय सस्था लि का संचालक तथा बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे तर्फवाट व्यवस्थापन समक्ष गरिएको छलफल एवम सम्झौता बमोजिम सस्था समायोजनको शिलशिलामा भएको सम्झौतालाई कार्वान्ययन नगरेको भन्र्दै बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले गम्भिर ध्यानाकर्षण गराएको छ ।

२०८०-११-०७ गतेको चार बुदे सम्झौता अनुसार २०८०-११-२० गते सम्ममा ४ ग्रेडको बारेमा संयुक्त मर्जर समितिबाट निर्णय गराउने नसकेमा चार–ग्रेड वा सोको सट्टा अन्य विकल्प कार्यान्वयन गराउने सम्बन्धी संचालक समितिको प्रतिवद्धता तत्कालिन नेरुडे लघुवित्तीय सस्था को व्यावस्थापन पक्षले गरेको थियो । साविक नेरुडे लघुवित्त वित्तिय संस्था लि केन्द्रीय कार्यालय विराटनगरको मिति २०८०-११-२२ गतेको च.नं.३२३४ को पत्रबाट युनियनलाई व्यवस्थापन पक्षवाट नेरुडे लघुवित्त वित्तीय संस्था लि र मिमिरे लघुवित्त वित्तीय संस्था लि. विच मर्जर भई एकिकृत कारोवार भई समान तलब भत्ता लागु हुदा नेरुडे लघुवित्त वित्तीय संस्था लि तर्फका तलब भत्ता वृद्धि नहुने नेरुडेका कर्मचारीहरुलाई ४ ग्रेड वा सो सट्टामा अन्य विकल्प कार्यान्वयन गराउने सम्बन्धमा साविक नेरुडेको संचालक समिति प्रतिवद्ध रहेको व्यहोरा जानकारी गराएको छ ।

कर्मचारी युनियनलाई लिखित रुपमा जानकारी गराएको हुदाहुदै हतारमा संचालक समितिले ४ ग्रेडको सट्टा २ ग्रेड तथा साविक नेरुडेको कर्मचारी विनियमावलीमा भएको पदलाई प्रभावित नगरि साविक मिमिरेको कर्मचारी विनियमावलीमा भएको व्यवस्था अनुसार हरेक पदमा नायव पद भएको निर्णय गरी साविक नेरुडे पट्टीका सम्पूर्ण कर्मचारीहरुको मात्र भावना माथी खेलवाड गर्दै उपेक्षा र ह्यायको दृष्टीकोणबाट यस किसिमको कार्य तथा व्याबहार बाट गम्भीर ध्यान आकर्षण भएको कर्मचारी संगठनको दावी छ । व्यावस्थापन पक्षबाट नएको समितिषवाट मजर पश्चात दुवै पक्षका कर्मचारीहरुको भावना जोहुने भन्दा तोड्नमा स्वय व्यावस्थापन पक्ष भएको कर्मचारी संगठनको दावी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश