

विरनटनगर । विराटनगर-१७ रानीमा अवस्थित गाैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औ बार्षिक उत्सव मनाएकाे छ । शुक्रबार काेशी प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता रूपेश काेईरालाकाे प्रमुख आतिथ्यमा वार्षिकाेत्सव मनाएकाे हाे।
गोपाल बहुउद्देश्यीय सहकारी अध्यक्ष तथा जिल्ला सहकारी संघ माेरङका सदस्य बिरेन्द्र यादवले बोर्डर साइड मा रहेर निरन्तर रुपमा सद्सयहरु लाई सेवा गरिरहेका ले सस्था अघि बढेको आफुले महसुस गरेको बिचार ब्यक्त गर्नुभयो ।
केही सहकारी मा सम्स्या रहेको भए पनि त्यसको असर राम्रो काम गर्ने सस्थालाइ समेत परेको हुँदा शेयर सद्सयले ध्यान दिन पर्ने बताउनु दक्षिणी भेगकाे नमूना सहकारी बन्न खाेजिरहेकाे गौरव सहकारीलाई शुभकामना दिनु भयो ।
प्रदेश सहकारी रजिस्ट्रार हरि बहादुर खत्रीले सिमा क्षेत्रमा रहेर आफ्नाे गतिबिधिलाई सफलतापूर्वक १७ वर्ष पार गरेकाे र आगामी दिनमा थप सफलता प्राप्त गर्ने भन्दै
काेशी प्रदेशमा १ हजार ७८ सहकारी प्रदेशले हेर्ने जानकारी दिदै सहकारी क्षेत्रमा केही विसङ्गति देखिए पनि सबै त्यस्ता नभएको र संचालककाे नियतमा खाेट र बचतकर्ता निष्क्रिय हुँदा समस्या देखिएकाे बताउदै जति सदस्य निष्क्रिय रहन्छन त्यति नै सहकारी डुब्ने भएकाले सजग रहन अनुरोध गर्नु भयो।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले सहकारी मा समस्या आउनुमा संचालकको नियत हावी हुने हुदा खराब नियत भएका ब्यक्तीको पहिचान गर्न सक्नु पर्नेमा जोड दिदै छेउ छाउका सहकारी बन्द हुँदै गर्दा राम्रो सहकारीलाई समेत असर देखिने गरेको ले शेयर सद्सयले आफ्नो सहकारीको बारेमा जानेर बुझेर मात्र बचत गर्नु पर्नेमा जोड दिदै गौरव बचत १७ बर्ष देखि निरन्तर संचालनमा रहेको र उत्कृष्ट कार्य गर्दै आएको आफुले महसुस गरेको बिचार ब्यक्त गर्नु भयो ।
४००० शेयर सद्स्य रहेको सस्थामा उत्कृष्ट रह्ने १०० बचत कर्तालाइ सम्मान समेत गरिएको थियो ।
सस्थाका अध्यक्ष दिनेश सिंहले १७ बर्ष देखि संचालनमा रहेको सहकारीले समग्र दक्षिणी भेगमा उत्कृष्ट रह्दै आफ्नो सेवा प्रदान गरिरहेकाले निश्चिन्त रहेर बचत गर्न र कारोबार गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा शेयर सदस्य बचतकर्ता , पत्रकार लगायतको सहभागिता रहेको थियो ।