

बिराटनगर, असोज ४ गते – परोपकार धाम बिराटनगर–१ मा यस वर्षको सोह्र श्राद्धको अवसरमा भब्य सिंघिया आरती कार्यक्रमको आयोजना गरिने भएको छ। शुक्रबार साँझ ६ बजे हुने उक्त आरतीमा सहभागी हुन सम्पूर्ण भक्तजनहरुलाई हार्दिक आमन्त्रण गरिएको छ।
आयोजकका अनुसार, सोह्र श्राद्धको पवित्र अवसरमा हुने यो विशेष आरतीले परमार्थ, भक्ति, र सामाजिक सेवा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। श्रद्धालु भक्तजनहरूले सिंघिया आरतीको दर्शन गर्न उपस्थित भएर पुण्य प्राप्त गर्ने अवसर प्राप्त गर्ने छन्।
परोपकार धाममा आयोजित यस आरतीमा सामूहिक प्रार्थना, भजन कीर्तन, र पूजापाठ गरिनेछ, जसले धार्मिक एवं आध्यात्मिक लाभ प्रदान गर्ने विश्वास गरिएको छ। कार्यक्रमका कोषाध्यक्ष नबराज काफ्लेले जानकारी गराए ।