नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा राजनीतिकरण

Logo
जय कामत प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा राजनीतिकरण गम्भीर समस्या बनिरहेको छ। यो संस्थाको उद्देश्य विपन्न वर्गलाई वित्तीय सेवा उपलब्ध गराउनु भए पनि, राजनीतिक र कर्मचारी विवादले कामकाजलाई ठूलो धक्का दिएको छ। नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त संस्थाहरू एकीकृत भई २०८०/११/३० गतेदेखि संचालनमा आएका थिए, तर यो गाभी हुनु अघि नै विवाद चुलिन थालेको हो।

तत्कालीन मिर्मिरे लघुवित्तका कर्मचारीहरूको विवाद र कर्मचारी संगठनहरूको मागले संस्थामा अस्थिरता ल्याएको छ। विगत एक महिनादेखि मिर्मिरेका कर्मचारीहरूले आन्दोलन गर्दै, एक हप्तादेखि प्रदेश र कलष्टर कार्यालयहरूमा ताला लगाइएको छ, जसका कारण सेवाग्राहीहरू प्रभावित भएका छन्।

नेरुडेका कर्मचारीहरू शान्तिपूर्वक आन्दोलन गर्दै गर्दा, मिर्मिरेका कर्मचारीहरूले बाह्य तत्वहरूलाई प्रयोग गरेर आन्तरिक विवाद सिर्जना गरिरहेको आरोप छ। मिर्मिरेका कर्मचारीहरूले मर्जरको अवसरमा आफ्नो स्वार्थ पुरा गर्न खोज्दा, नेरुडेका कर्मचारीहरू आक्रोशित भएका छन्।

तदुपरान्त, संस्थाले दुबै पक्षका कर्मचारीहरूलाई वार्ताका लागि बोलाएको थियो, तर निष्कर्षमा पुग्न सकेन। मिर्मिरेका केहि कर्मचारीहरूले अध्यक्ष टेक बहादुर बोहरा र अन्य नेताहरूको नेतृत्वमा आन्दोलन रोक्न बाध्य भए, तर नेरुडेका कर्मचारीहरूको आन्दोलन अझै जारी छ।

बोहरा, जो मिर्मिरे लघुवित्तका पूर्व अध्यक्ष थिए, विवादका कारण आफ्नो पदबाट हटाइएपछि पुनः नियुक्त भएका छन्। उनको अध्यक्षमा चयन हुनु अघि मिर्मिरेका केहिकर्मचारीहरूले आन्दोलन रोक्न दबाब दिएका थिए। तर, बोहरा विदेश भ्रमणमा निस्केपछि विवाद चुलिनु स्वाभाविक नै भयो।

संस्थामा भएका भिन्न भिन्न विवाद र एकीकृत कारोबारको कारण, असोज ६ गतेदेखि प्रदेश तथा कलष्टर कार्यालयहरू पूर्ण रूपमा बन्द भएका छन्। सबिक नेरुडेका कर्मचारीहरूले केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् र साबिकमिर्मिरेका केहिकर्मचारीहरूको दादागिरीले स्थिति झनै जटिल बनाएको छ।

संस्थाले यस समस्याको समाधान गर्न तात्कालिक कदम चाल्नुपर्ने भएकोले, दुबै पक्षका कर्मचारीलाई समान व्यवहार गर्दै, जनताका लागि विश्वासको वातावरण सिर्जना गर्नु आवश्यक देखिन्छ। अन्यथा, यस्ता घटनाले संस्थाको साखलाई गम्भीर क्षति पुग्ने नेरुडे कर्मचारी युनियनका महासचिब मुकेश कुमार यादवले बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश