कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नियुक्त गर्न आदेश

Logo
जय कामत प्रकाशित बिहिबार, भाद्र २१, २०८०

विराटनगर।सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मतकार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।
यससँगै उद्धव थापाले लिएको विश्वासको मत दोस्रो पटक असंवैधानिक रहेको ठहर गर्दै बदर गरिदिएको छ । उनलाई यस पटक पदमुक्त हुने आदेश दिएको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्मन्त्री थापालाई पदमुत्त गरेको हो ।पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश