सप्तकोसी नदीमा बस खस्दा सबैको सकुशल उद्धार

Logo
जय कामत प्रकाशित बिहिबार, आश्विन १०, २०८१

बिराटनगर । बिराटनगरबाट गाईघाटतर्फ गइरहेको यात्रुवाहक बस सप्तकोसी नदीमा खस्दा सबै यात्रुको सकुशल उद्धार भएको छ। प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार, को १ ख ४६०१ नम्बरको बस कोसी ब्यारेजस्थित सप्तकोसी नदीमा खसेको हो।

बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ भने केही घाइते भएकाहरूलाई थप उपचारका लागि अस्पताल पठाइएको भण्डारीले जानकारी दिए। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश