सादा पोसाकमा खटिएका दुई जना प्रहरीलाई आक्रमण

Logo
जय कामत प्रकाशित शनिबार, भाद्र २३, २०८०

विराटनगर । सुनसरी  जिल्लाको दक्षिण क्षेत्र पछिल्लो समय तस्करहरुको प्रमुख बाटो बनेको छ ।

 तस्करी नियन्त्रन र सान्ती सुरक्क्षा कायम गर्न सुन्सरी प्रहरीले विशेष निग्रानीलाई ध्यानमा राखी सादापोसाकमा प्रहरीपरिचालन गरेको थियो ।

सादा पोसाकमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका छन् ।

सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी हतियार लुटिएका हुन् ।

आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ ।

सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरु इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए ।

सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।रेग्मीका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइयो ।

पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भने, आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन ।

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश