मटेरुवानाकामा सशस्त्र प्रहरीद्वारा अवैध औषधि बरामद

Logo
जय कामत प्रकाशित आइतबार, पुष २८, २०८१

बिराटनगर । अवैध तरिकाले गलत बाटो प्रयोग गरी सामान ओसार पसार गर्ने समूह वा व्यक्तिको गतिविधिलाई कम गर्न मोरङको सुरक्षा अङ्गले सक्रियता देखाउँदै आएको छ ।

मोरङको सुरक्षा निकायको अङ्ग सशस्त्र प्रहरी बल नेपालले विराटनगर-१७ मटियरुवा क्षेत्रबाट ठूलो मात्रामा अवैध औषधि बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले नियमित जाँचको क्रममा नेपाल-भारत सीमा दशगजामा लुकाएर ल्याइँदै गरेको करिब ३ लाख रुपैयाँ बराबरको औषधि फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार, चिनीको बोरामा लुकाएर ल्याइएको उक्त औषधि ‘बोन कार्ट’ नामक क्याल्सियमको रूपमा प्रयोग हुने गरे पनि नेपालमा सूचीकृत नभएको पत्ता लागेको छ। बरामद सामग्रीमा २००० पत्तामा गरी कुल ३० हजार ट्याबलेट समावेश रहेको जनाइएको छ।

oppo_1026

सशस्त्र प्रहरी बलका प्रमुख स.प्र.ना.उ ऋषिकेश राउतका अनुसार, प्रहरी टोली देख्नासाथ औषधि बोकेका भरिया भारततर्फ भागेका थिए।

हाल उक्त औषधि कसको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।

बरामद औषधि खाल्डो खनी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।

खुला सिमानाका कारण सीमा क्षेत्रबाट हुने तस्करी र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न सशस्त्र प्रहरीले प्रत्येक जनशक्तिलाई दिन रात नभनी २४सै घण्टासम्मको नियमित निगरानि गर्दै आएको छ। यसले सीमावर्ती क्षेत्रहरूमा तस्करीमा उल्लेखनीय कमी ल्याएको देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश