मामाघर ल्याईएकी १४ वर्षीया बालिकाको हत्या, खाल्डोबाट निकालियो शव

Logo
सुशान्त खबर प्रकाशित शुक्रबार, माघ १८, २०८१

विराटनगर– सानै उमेरमा प्रेम सम्वन्धमा परेकी भारतीय एक बालिकालाई मोरङको विराटनगरस्थित मामाघर ल्याएर हत्या गरिएको छ।

१४ वर्षीया बालिका चाँदनी यादवको शव विराटनगर महानगरपालिका– ५ स्थित दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा फेला परेको हो। प्रहरीले खाल्डो खनेर बालिकाको शव बाहिर निकालेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी बेदप्रकाश जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमै प्रेम सम्बन्ध छुटाउन ल्याईएकी बालिकाको परिवारबाटै हत्या भएको आशंका छ। ‘परिवारबाटै हत्यापछि शव गाडेको आशंका छ।’–उनले भने।

oppo_1026

प्रहरीका अनुशार भारत बिहारको छाप्रा जिल्ला घर भएकी बालिकालाई केही दिनअघि उनकै आमाले विराटनगर–५ स्थित माइती/मावली घर लिएर आएकी थिईन। तर, फर्कँदा आमा एक्लै फर्किईन। यता, मामाघरमा पनि बालिका नभएको सूचना प्रहरीले पाएपछि उनको खोजतलास सुरु भएको थियो।

सादा पोशाकमा खटिएका प्रहरीले बालिकाको अवस्था बुझ्दै र खोज्दै जाँदा सर्जु मण्डलको तरकारी बारीमा निरीक्षण गरेका थिए। त्यसक्रममा आलो माटो देखिएपछि खोस्रिएर हेर्दा शव फेला परेको थियो।

oppo_1026

प्रहरीले मावली घरमै उनको हत्या भएको आशंकामा मावलीतर्फका हजुरबुबा सर्जुक यादवसहित सबैलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। मृतकका आमाबुबालाई भारतबाट आउन खबर पठाईएको डीएसपी जोशीले बताए। घटनामा आमाबुबासहितको संलग्नता हुनसक्ने उनको आशंका छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश