नेकपा (एमाले) मोरङको १०औं जिल्ला अधिवेशन सम्पन्न, अजम्बर राई अध्यक्षमा निर्वाचित

Logo
सुमित कुमार गौतम प्रकाशित शनिबार, फाल्गुण २४, २०८१

विराटनगर,  नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशन विराटनगरमा सम्पन्न भएको छ। अधिवेशनले अजम्बर राईलाई अध्यक्ष चयन गरेको छ भने सागर थापा उपाध्यक्ष, सोमराज थापा सचिव, सन्तोष वान्तवा र उषा झा उपसचिवमा निर्वाचित भएका छन्। यस ऐतिहासिक अधिवेशनमा मोरङ जिल्लाका विभिन्न प्रतिनिधि कार्यकर्ताहरूको उत्साहजनक सहभागिता जनाएका थिए ।

यसैक्रममा, बिराटनगरबाट युवाहरूको उच्च समर्थन प्राप्त गर्दै किरण लामा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन्। उनलाई पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूले बधाई ज्ञापन गर्दै आगामी कार्यकालको लागि सफलताको शुभकामना दिएका छन्।

एमाले मोरङ जिल्ला कमिटीले पार्टी संगठनलाई सुदृढ गर्दै आगामी राजनीतिक गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी तथा आयोजकहरू सबैले सन्तोष व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश