विराट व्यापार संघद्वारा होली मिलन कार्यक्रम सम्पन्न

Logo
दिलिप कुमार राजबंशी प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

विराटनगर – विराट व्यापार संघले आज (सोमबार) विराटनगरको मारवाडी सेवा सदनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला र संघ अध्यक्ष अंशु बन्जाराले शान्तिको प्रतीक परेवा उडाएर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए।

यस अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरू, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद भीम पराजुली, संविधान सभा सदस्य पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायतका विशिष्ट अतिथिहरू सहभागिता रहेको थियो

कार्यक्रममा उद्योगी, व्यवसायी, सुरक्षा निकायका उच्च अधिकारी, राजनीतिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूको समेत सक्रिय उपस्थिति रहेको थियो। आगन्तुकहरूको स्वागत विराट व्यापार संघका अध्यक्ष अंशु बंजाराको नेतृत्वमा गरिएको थियो।

सांगीतिक आकर्षणका लागि विभिन्न कलाकारहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए। विशेष रूपमा, संघका महिला उद्यम समितिका सदस्यहरूले सांगीतिक नृत्यमार्फत होलीको उत्सवलाई झन् उल्लासमय बनाएका थिए। रङ्गीन माहोलबीच सहभागीहरूले आपसी मेलमिलाप, रङ्गहरूको साटासाट तथा शुभकामना आदान-प्रदान गरेका थिए। संघका अध्यक्ष बंजाराका अनुसार, यो कार्यक्रम सामाजिक एकता, सहकार्य र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश