

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि मतदान सम्पन्न भएको छ। प्रारम्भिक जानकारीअनुसार २,६२८ मत खसेको छ, जसमा १,४५८ पुरुष र १,१७० महिला मतदाता रहेका छन्।
यस निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन्। मुख्य प्रतिस्पर्धा नेविसंघ, अखिल क्रान्तिकारी, र अनेरास्ववियुबीच रहने देखिएको छ।
गत निर्वाचनमा विजयी नेपाल विद्यार्थी संघ (नेविसंघ) ले यस पटक प्रज्ज्वल विष्टलाई सभापति पदका लागि अघि सारेको छ। अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादवलाई तथा एमाले निकट अनेरास्ववियुले अनिश बोगटीलाई सभापति पदका लागि उम्मेदवार बनाएको छ।
अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ। को मार्ला बाजी? नतिजाका लागि प्रतीक्षा गरौं!