

विराटनगर । देश भरिनै आजबाट सुरु भएको हो आज पहिलो दिनै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनमै प्रश्नपत्र बाहिरिएको छ। परीक्षा सुरु भएको एक घण्टा नबित्दै सामाजिक सञ्जालमा प्रश्नपत्रका तस्बिर र भिडियोहरू भाइरल भएका छन्।
टिकटक, फेसबुक लगायतका प्लेटफर्महरूमा सार्वजनिक भएका भिडियोहरूमा परीक्षा केन्द्र वरपर रहेका केही आफन्त तथा बाहिरी व्यक्तिहरू विद्यार्थीहरूलाई चिट चोराउन सहयोग गरिरहेको देखिन्छ। कतिपय स्थानहरूमा आफन्तहरूले परीक्षा हलमै सामग्री पुर्याइदिएको दृश्यहरू समेत सार्वजनिक भएका छन्।
कोशी प्रदेशभर ८१,३६० विद्यार्थी सहभागी रहेको यस परीक्षाको सुरक्षामा विशेष ध्यान दिइएको भए पनि पहिलो दिनमै यस्ता घटना घट्नु परीक्षा व्यवस्थापनप्रति गम्भीर प्रश्न खडा भएको छ । देश भरी करिब ४ लाख बिद्यार्थिहरु परिक्षामा समाबेश भएकाछन्न ।