उदयपुरमा ८९१ किलो गाँजा बरामद, संलग्नको खोजी जारी

Logo
जय कामत प्रकाशित आइतबार, चैत्र १६, २०८१

विराटनगर – उदयपुर जिल्लाको बेलका नगरपालिका–६ स्थित मुर्ती खोला किनारमा ठूलो मात्रामा वेवारीसे गाँजा फेला परेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले ८९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गाँजा ३९ वटा पोका बनाएर प्लास्टिकमा बेरी बोराभित्र लुकाइएको अवस्थामा फेला परेको थियो। ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बरामद गरिएको गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ।

गाँजा ओसारपसारमा संलग्न व्यक्ति वा समूहबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। यस किसिमका अवैध कारोबार नियन्त्रण गर्न सुरक्षाकर्मीहरू अझै सतर्क रहनुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश